कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने र लगानी सुरक्षित गर्ने योजना ल्याउनूस् हामी सहकार्य गर्न तयार छौं-अध्यक्ष खड्का

| जेठ २३, २०७९ सोमबार

A A A
A A A

२३ जेठ, रामेछाप । रामेछापको गोकुगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले कृषि उत्पादनसगं जोड् काम गर्ने आउनेहरुसंग सहकार्य गर्न तयार रहेको बताएका छन् । स्थानीय संगसंस्थाहरुले अब उत्पादन वृद्धि गर्ने योजना लिएर आए समन्वय गरेर जनअपेक्षा अनुरुपको काम गर्ने उनले प्रतिबद्ध जनाए । 

 


आइतबार उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र जिल्ला सहकारी संघ रामेछापले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले जिल्लाका ८ वटै स्थानीय सरकारको समन्वयमा जिल्लालाई सुन्दर र विकासित बनाउन भूमिका खेल्ने बताए । ‘हामी सबै स्थानीय सरकारसंग समन्वय गरेर काम गर्नु पर्ने छ । म, जिल्लाको कान्छो पालिका अध्यक्षको हैसिएतले पनि सबैको सुझावलाई समेटेर काग गर्छौं भने ।’

 

झुटा कुरागरे चुनाव नजितेको स्मरण गर्दै आफूसंग चुनौती र जिम्मेवारी पूरा गर्नू पर्छ भन्ने चिन्ताले सताउने गरेको सुनाए । युवा रोजगार, उत्पादन वृद्धि नभए सम्म विकास सम्भव नहुने उनको तर्क छ । 


युवा अध्यक्ष खड्काले कृषि क्षेत्रमा गरेको लगानी खरे गइरहेको अवस्थाको दृष्टान्त प्रस्तुत् गर्दै अध्यक्ष खड्काले बैंक तथा वित्तिय सहकारीहरुसंग समन्वय गरेर पालिकाको कृषि क्षेत्रलाई माथि उठाउने काम गर्ने योजना सुनाए । ‘त्यसको लागि काम गर्ने आउनूस् समन्वय हुन्छ गर्छौं भने ।’