बाम्तीः सिद्धेश्वर माविको विव्यसको अध्यक्ष निर्विरोध, ४ सदस्यको लागि भयो मतदान

| जेठ २३, २०७९ सोमबार

A A A
A A A

२३ जेठ, रामेछाप । सिद्धे्श्वर माध्यमिक विद्यालय बाम्तीको विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्ष प्रदिप बस्नेत निर्विरोध चयन भएका छन्, भने ४ सदस्यको लागि भने मतदान भएको छ । 

 

उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार स्थित विद्यालयको आइतबार भएको (विव्यस) समिति गठनमा अध्यक्ष बाहेकका पदको लागि मतदान भएको निर्वाचित भएका सदस्य दीपक कार्कीले रामेछाप टाइम्सलाई जाकारी दिए । 

 

उनले आफू कूल खसेको एक सय ४० मत मध्ये एक सय ९ मत पाएर बिजयी भएको जानकारी दिए । 

 


विद्यालयको अभिभावक भेलाले सर्वसहमितिमा समिति गठन गर्न नसकेपछि भएको मतदानमा कार्कीसहित लक्ष्मी बस्नेतले १०४, सरिता कार्की (बस्नेत) ले ८३, तेजबहादुर श्रेष्ठले ४५ मत ल्याएर बिजयी भएका हुन् ।