घर नजिकै लागेको डढेलो निभाउने क्रममा दुबै खुट्टा जल्दा राकाथुममा एक गम्भीर घाइते

| जेठ २४, २०७९ मंगलबार

A A A
A A A

२४ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा घरजनिकै लागेको डढेलो निभाउने क्रममा एक स्थानीय गम्भीर घाइते भएका छन् । 

 


घाइते हुनेमा कुसुमबोट बस्ने नैनबहादुर श्रेष्ठ हुन् । उनी गत जेठ २० गतेका उनकै घर छेउको पाखोमा डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका हुन् । उनका दुवै खुट्टा जलेका छन् ।  

डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका श्रेष्ठलाई भेट्टै बिष्णु श्रेष्ठ  । 

डढेलोलाई निभाउने क्रममा दुबैतिरबाट एक्कासी डढेलो फैलिदा भाक्ने क्रममा डढेलोमा परि हातखुट्टा जलेर उनी शसक्त  घाइते भएको निवर्तमान वडा अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए । घाते श्रेष्टको हाल किर्तिपुर अस्पतालमामा उपचार भैरहेको माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले जानकारी दिए । 

 

घाइते श्रेष्ठको दुवै खट्टाको अवस्था नीकै गम्भीर अवस्थाको रहेको उनले बताए ।