रामेछापमा २ दिने लेबलिङ् प्याकेजिङ्ग तथा बजारीकरण तालिम सकियोः गुणस्तरिय उत्पादनमा गर्न जोड्

| जेठ २४, २०७९ मंगलबार

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

२४ जेठ, रामेछाप । रामेछापको मन्थलीमा दुई दिने लेबलिङ् प्याकेजिङ्ग तथा बजारीकरण तालिम समापन भएको छ । उक्त तालिममा स्थानीय स्तरमा उत्पादन भएको बस्तु तथा सामाग्रीहरुलाई गुणस्तरिय र राष्ट्रिय, अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्न प्रतिस्पर्धी युक्त बनाउनु पर्नेबारे उद्योगी ब्यापारीहरुलाई सचेत गराइएको थियो ।

 

आइतबार र सोमबार लघु, घरेल तथा साना उद्योग प्रवर्द्धन केन्द्र, त्रिपुरेश्वरको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय रामेछापको सह–आजोजनामा भएको तालिममा जिल्लामा घरेलु उद्योग संचालन गर्दै आएका व्यापार व्यवसायीहरुको सहभागिता भएको थियो ।

 

रामेछापका व्यापारी तथा उद्ययोगीहरुले उत्पादन गर्दै आएका विभिन्न किसिमका वस्तुहरु बजारमा ‘सप्लाई’ गर्दै आएको अवस्थामा उत्पादित भएका वस्तुको गुणस्तर र निरन्तर उत्पादनको लागि तालिमले जोड् दिएको छ । ‘यहाँ उत्पादन हुदै आएका जुनारका जुस, अचारहरु, पाउरोटी, बिष्कुट्, कागजहरु, तेल, मासु, अण्डा, जडिबुट्टीहरु, कच्चापदार्थहरु उत्पादनसंगै यीनीहरुको गुणस्तरियतामा विशेष ध्यान दिनु पर्छ । यसले यहाँको उत्पादनलाई निरन्तरता पनि दिन छ । उपभोक्ताको मागलाई पनि बढाउछ । बजारले विस्तार खोज्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा यसको मागलाई बढाउछ । त्यसैले उत्पादनसंगै गुणस्तरियता एवं त्यसको ‘क्वालिटी’मा ध्यान दिनु पर्छ तालिम समापनमा दुई दिन सम्म तालिमको सहजिकरण प्रशिक्षक अमित आचार्यले भने ।’

 

उनले उत्पादन सबैले गर्न सक्ने तर, त्यसको माग बढाउने काम जो कोहीले नसक्ने भन्दै व्यापारीहरुले वस्तु उत्पादनसंगै उक्त वस्तुको माग बढाउनको बढाउन सुझाव दिए । सामानको तौल, क्वालिटी, आकर्षक हुनु पर्ने उनको भनाई छ । 

 

त्यस्तै पत्रकार टिका भट्टले रामेछापका सबै जसो बजारमा धेरै वस्तुहरु म्याद्गुज्रेका, सडेगलेका, गुणस्तरहिन वस्तुहरु राखिने भएको उल्लेख गर्दै त्यसप्रति जिम्मेवार निकायहरुले ध्यान दिन नसकेकोमा ध्यानाकर्षण गरे । 

 

उनले बजारमा उपलब्ध सामाग्रीहरु गुणस्तरहिन बढ्दो क्रममा रहेपनि अनुगमनको पाटोलाई ध्यान पुर्याउन नसकेको उनको तर्क छ । यी सामाग्रीको उपभोगले मानिसको स्वास्थ्यमा ठूलो असर पारेको भन्दै सबै व्यापारीहरुले त्यसप्रति सचेत भैदिन आग्रह गरे ।

 

त्यस्तै रामेछाप उद्योग बाणिज्यसंग रामेछापका वरिष्ठ उपाध्यक्ष नवीन थापामगरले व्यापारीहरु पनि कुनै न कुनै वस्तुको उपभोगता हुने भन्दै बजारमा पठाउने सामानहरु गुणस्तर र प्रतिस्पर्धामा जाने हुनु पर्नेमा जोड् दिए । उनले बजारमा जाने वस्तुहरु उपभोग गर्न योग्य हुनु पर्ने छ भने ।

 

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय मन्थलीका प्रमुख सुबोधकुमार शाह कर्मयोगीले बजारमा गुणस्तरहिन वस्तु खरिद् बिक्रीको लागि राखेमा नियम, कानुन र ऐन अनुसार कार्बाही हुने चेतावनी दिए । उनले बजार अनुगमनलाई जिल्ला प्रशासन, उद्योग बाणिज्य संघ, पत्रकार, उपभोक्ता मञ्चको समन्वयमा हुदै आएको भन्दै आगामी दिनमा त्यसलाई बढाउने प्रतिबद्धता जनाए । साथै उनले ब्यापारी, उद्योगीहरुले पनि त्यसप्रति सचेत हुन आग्रह गरे । 

 

शाखा प्रमुख कर्मयोगीले जिल्लामा उत्पादन भएका सामाग्रीहरुलाई राष्ट्रिय स्तरको बजारमा प्रतिस्पर्धामा लैजाने गरी काम गर्न आग्रह गरे । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सुझाए । साथै स्थानीय सरकारहरुले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न सक्नु पर्नेमा जोड् दिए ।