जिसस निर्वाचनः रामेछापमा सहमती नहुने संकेत भएपछि केन्द्रबाटै टुङ्गिएर आउदै, नेताहरु भन्छन् ‘छलफलमै छौं’

| जेठ २४, २०७९ मंगलबार

A A A
A A A

२४ जेठ, रामेछाप । जिल्ला समन्वय समिति (जिसस)‌ को चुनाव नजिकिए पनि पार्टीहरुबीच तालमेल नमिल्दा रामेछापको (जिसस) समिति गठन तल्लो तहमा नमिल्ने संकेत देखिएको छ । मुख्य निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर बुधबार नामावली प्रकाशनको मिति तय भैसके पनि निर्वाचनमा भाग लिने राजनीति दलहरु भने आन्तरिक छलफलमै ब्यस्त र आ–आफ्नो अगाडनबाट पछि नहटेपछि समितिलाई पूर्णता दिन माथिल्लो नियालाई गुराहेको प्रतिक्रिया दिन थालेका छन् । 

 

(जिसस) निर्वाचनको तयारी कहाँ पुग्यो र कसरी जाने तयार हुदैछ भन्ने रामेछाप टाइम्सको प्रश्नमा जिल्लाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ यहाँबाट कुरा नमिल्ने संकेत देखिएकाले माथिबाटै कुरामिलाएर पठाउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको जानकारी दिए । ‘तालमेलको लागि धेरै कोशिस गरेको तर, छलफल उपलब्धि मूलक हुन सकेन । मैले पार्टी सभापति शेरबहादुर देउवालाई भनेको छु । माथिबाटै मिलाएर आउछहोला ।’

 

माथिको निर्देशन सबै दलका नेताले मान्छन् । तल्लो तहमा सबै मैठूलो हो भन्ने घमण्ड दलका नेताहरुमा देखिदाँ समस्या हुने रहेछ सभापति तामाङ्ले भने ।

 

उनले आफू माथिको निर्देशन अक्षरस पालना गरेर जाने भन्दै अरु दलले पनि मान्ने विश्वस ब्यक्त गरे । सभापति तामाङ्ले निर्वाचनको लागि भनेर हाल जिल्लामा नेपाली कांग्रेस कुनै दलसंग औपचारिक छलफलमा नबसेको स्पष्ट पारे । 


यता (जिसस) निर्वाचनमा निर्णयक शक्तिको रुपमा रहेको गठबन्धन माओवादी केन्द्रका जिल्ला संयोजक मैनकुमार मोक्तानले भने आफूहरु गठबन्धनकै दलसंग गठबन्धन गरेर जाने गरि छलफलमा रहेको जानकारी दिए । उनले रामेछाप टाइम्ससंग भने ‘हामी गठबन्धनकै दलसंग तालमेल गरेर चुनावमा जानै गरि छलफलमै छौं । माथिको निर्देशन पनि छ कार्यन्वय हुन्छ भने ।’ 


निर्वाचनको मतदाता समेत रहेका मोक्तानले छलफलको चरणमा रहेकाको भन्दै अन्य कुरा खूलाउन उनले चाहेनन् । 

 

सार्वजनिक निर्वाचन तालिका अनुसार २९ गते समन्वय समिति गठनको लागि मतदान हुने छ । जसको लागि नेपाली कांग्रेससंग ७, नेकपा एमालेसंग ६ माओवादी केन्द्रको ३ मत रहेको छ । 


गठबन्धनमा आबद्ध दलहरुले केन्द्रमा यसअगाडिनै जिसस निर्वाचनमा तालमेल गर्ने निर्णय गरि जिल्लाहरुलाई निर्देशन सम्म दिसकेका छन् ।