रामेछापमा विप्लवले भन्यो ‘किसानलाई तत्काल मल ब्यवस्थापन गर, बजेटमा यसको दीर्घकालिन समाधनलाई जोड् दिनू’
२६ जेठ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको नेकपाले किसानलाई चाँडो भन्दा चाँडो मल उपलब्ध गराउन माग गरेको छ । उसले सरकारले किसानको जिवन माथि खेलवाड् गरेको भन्दै तत्काल मल उपलब्ध नगरे देशैभरी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सदरमुकाम मन्थलीमा बुधबार पार्टीको १७ औं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्ने आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता ओम प्रकाश पुनले ‘किसान बर्षे बाली, धान रोप्ने चटारोमा रहेको अवस्था छ । यस्तो कामको मचामच भएको बेला किसान आफ्नो खेतबारीमा हुनुको सट्टा रासायनिक मलको खोजीमा मल गोदाम र कृषि सामाग्री संस्थानहरुमा लाइन लागिरहेका छन्’ बैठकमा जारी गरिएको विज्ञप्तिले लेखिएको छ ।
दलाल र कालोबजारियाको मिलेमतोमा कृतिम अभाव सृजना गरि मलमा तस्करी र महंगी बढाएको उसले सरकारलाई आरोप लगाएको छ । खेती लगाउने बेला मलको उद्योग खोल्ने र बिदेशबाट पनि आयात सहज गर्ने हल्ला गर्ने चर्चा चल्छ तर राज्यले त्यसमा कुनै तदारुकता देखाउदैन विप्लपले भनेको छ । त्यसको साटो खेती राजनीतिक दलहरुमा कमिशनको खेल चल्ने गरेको किसानलाई महंगी र अभावको मारमा पार्ने गरेको जिकिर गरेको छ ।
नेपालमा एक सिजनमा खेती गर्न ११ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । अहिले नै खेति भैरहेको जमिनको लागि करिब ७ लाख मेट्रिक टन मल चाहिन्छ तर, हाल सरकारले १ लाख ५० हजर मेट्रिक टन मल खरिद गर्न प्रक्रिया अगाडि बढाएको आश्वसन दिदै आएको छ तर,किसानले मल पाउन सकेका छैनन् ।
विप्लवले मल ल्याउदाँ सिधै सम्पर्क गरेर ल्याउनको सट्टा बिचौलिया मार्फत व्यापारिक सम्बन्ध राखि ल्याउन लागेकोमा पनि आपत्ति जनाएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासंघ –क्रान्तिकारी) ले ‘जसरी हुन्छ, किसानलाई रासायनिक मलको उपलब्ध गर र दोश्रो, दीर्घकालीन समाधानको लागि अहिले नै बजेटमा व्यवस्था गरि कृषि मल उद्योग स्थापना गर भन्ने माग जोडदार रुपले गर्दैछौं’ विज्ञप्ति मार्फत भनेको छ ।
विज्ञप्ति हेर्नुहोस्

