‘जनताले युवाहरुले परिवर्तन गर्छन्कि भन्ने आशाले युवालाई जिताएका हुन्’ वडा अध्यक्ष कार्की (भिडिओसहित)

| जेठ २६, २०७९ बिहिबार

A A A
A A A

 

२६ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोरका वडा अध्यक्ष सुरेन्द्र कार्कीले जनताको युवाहरु प्रती आशा बढ्नुमा युवाहरुले केही परिवर्तन गर्छन् कि भने आशा रहेको बताएका छन् । जनतालाई काम चाहिने भन्दै राम्रो काम गरेर जनताको मन जित्न सके चुनावमा भोट माग्न ठूला-ठूलो कार्यक्रम, भेला गर्नै नपर्ने उनको भनाई छ । ‘राजनीतिक दलप्रति मानिसहरु दिक्क बनेका छन् । युवा आएमा केही गर्छनकि भन्ने आशा जनतामा हुने रहेछ । त्यसैले जनताले युवालाई रुचाएको भर्खरैको निर्वाचनले पनि पुष्टि गरेको छ । मन्थली नगरपालिकामा पनि त्यो देखियो ।’


बिहिबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष कार्कीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वधार, यातायातको विकास र भौतिक पूर्वधार निर्माणमा काम गर्ने जानकारी गराए । उनले शैक्षित क्षेत्रको अवस्था सुधार गर्न वडा भित्र रहेक ५ वटा विद्यालयको व्यवस्थापन समितिसंग बसेर छलफल गरि समस्याहरुको पहिचान गरि सहेको उनले बताए ।


उनले वडाबाट प्रबाह गर्ने सेवामा यो पार्टी त्यो पार्टी नभनी सेवा गर्ने उनले प्रतिबद्धता जनाए । जनताको आवश्यकताको आधारमा काम गर्ने योजना सुनाए । नयाँ बजेट निर्माणको प्रसंग उल्लेख गर्दै वडाका साविकको वडामा पुगेर जनताको गुनासो र माग सुन्नेर बजेटम व्यवस्थापन गर्न माग गर्ने उनले सुनाए ।