जिसस रामेछाप निर्वाचनः कांग्रेस र माओवादीबीच तालमेल

| जेठ २६, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच तालमेल भएको छ । संयुक्त रुपमा भर्खरै उम्मेद्वारी दर्ता गरिसकेको निर्वाचन कार्यालय रामेछापबाट कांग्रेस पार्टी प्रवक्ता नारायण बोगट्टीले रामेछाप टाइम्सलाई जानकारी दिए । उम्मेद्वारी दर्ता सकियो, तालमेल भएको ४-५ मा उनले भने ।

 

उनका अनुसार नेपाली कांग्रेसले प्रमुख सहित ४ र नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित ५ सिटमा भागबण्ड मिलेपछि तालमेल भएको हो । 

२९ गते हुन लागेको मतदानमा आठ स्थानीय तहका १६ जना मतदाता रहेका छन् । योसंगै गठबन्धनको टिमले जित्ने निश्चित भएको हो ।

 

प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षसहित सात, दुई जना अध्यक्ष र एक जना उपाध्यक्ष रहेको माओवादी केन्द्रले अन्तिम्मा आएर तालमेल गरेका हुन् । एमालेसंग ६ मत रहेको छ । 

 


जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिीमा ९ मत ल्याउनु पर्ने हुन्छ । काँग्रेस र माओवादी मिल्दा १० मत हुन्छ ।