यी हुन् जिसस रामेछापका प्रमुख र उपप्रमुखसहित गठबन्धनको टिम (नामावली)

| जेठ २६, २०७९ बिहिबार

A A A
A A A

२६ जेठ, रामेछाप । गठबन्धन गरेर जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेद्वारी दर्ता गरेका उम्मेद्वाराहरुको नामावली सार्वजनिक भएको छ । 


मुख्य निर्वाचन कार्यालय रामेछापका अनुसार नेपाली कांग्रेसका ४ र माओवादी केन्द्रका ५ जनाको उम्मेद्वारी परेको छ । 

 


१६ जना मतदाता रहेको रामेछापमा केन्द्रको निर्देशन अनुसार तालमेल भएको हो । 

यी हुन् उम्मेद्वार नामावली 
प्रमुख–चिना खड्का कार्की (नेपाली काँग्रेस)
उप–प्रमुख प्रेमबहादुर थापा (माओवादी केन्द्र)

सदस्यहरु, 
बाबुलाल योन्जन (नेपाली काँग्रेस) 
अनिषा माझी (नेपाली काँग्रेस)
बीरबहादुर कार्की (नेपाली काँग्रेस)
हीराकुमारी गिरी (माओवादी केन्द्र)
डम्बरकुमारी रसाइली (माओवादी केन्द्र)
बिन्दा सार्की (माओवादी केन्द्र‌) 
बिक्रम थापामगर (माीओवादी केन्द्र)