कठजोरका १‍०८ जना जेष्ठ नागरिकले पाए वडाबाट ‘ईलेक्ट्रिक जाग’

| जेठ २७, २०७९ शुक्रबार

A A A
A A A

२७ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोरले वृद्धावृद्धहरुलाई ‘ईलेक्ट्रिक जाग’ सहित सम्मान गरेको छ । 

 

नवनिर्वाचित वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले वडामा पहिलो बैठकमा लगेको प्रस्ताव स्वरुप वडाले उक्त सम्मान गरेको हो । वडाभित्रका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिहिबार वडा कार्यालयमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र वडा अध्यक्ष कार्कीले दोसल्ला ओडाएर ‘ईलेक्ट्रिक जाग’ (पानीतताउने जाग) दिएर सम्मान गरेका हुन् । 

 

वृद्धावृद्धहरुलाई वडा कार्यालय छ भन्ने आभाष गराउनको लागि उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार १०८ जेष्ठ नागरिकहरु सम्मानित भएका हुन् ।  

 

रामेछाप टाइम्ससंग कुराकानी गर्दै वडा अध्यक्ष कार्कीले नागरिकको आवश्यकता अनुसार काम गर्ने बताए । उनले कसैलाई पनि कुनै पार्टी, बिचार र सिद्धान्तालाई नहेरी स्वतन्त्र वडाबासीलाई सेवा गर्ने प्रतिबद्धता जनाए ।