मन्दिरबाट चोरी भएको पैसा फिर्ताः भेटियो पत्र ‘अबदेखि गल्ती गर्दिन, धेरै गाह्रो भयो’

| जेठ २७, २०७९ शुक्रबार

A A A
A A A

२७ जेठ, रामेछाप । रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा ७ तिल्पुङको मन्दिरबाट चोरी भएको भेटी फिर्ता भएको छ । 

 

 

गत २२ गतेराति मन्दिरको झ्यालको सिसा तोड्फोड् गरि चोरी भएको मन्दिको दानपेटीको भेटी चोरी गर्ने व्यक्तिले पश्चाताप गर्दै फिर्ता गरेका छन् । तर, उनको परिचय भने खुलेको छैन् । 

 

वडाको पवित्र धर्मिक स्थलको रुपमा परिचत मन्दिर स्थानीयहरुको आस्थाको हो । यो मन्दिर बोहोरा, बुढाथोकी थापा, पाण्डे खड्काहरुको कुल पूजा गर्ने मुख्य स्थल हो ।

 

मन्दिरबाट हराएको दानपेटीको रकम बराबरको पैसा फिर्ता गरेको बेनामी पत्र भेटिएको र रकम पनि भेटिएको स्थानीय राजकुमार बोहोराले जानकारी दिए ।

 

पत्रमा लेखिएको छ ‘मैले पैसा यहिनै लगेको हो मलाई धेरै गारो भयो त्यसैले मैले पैसा रादेको छु, मबाट गति (गल्ती) भयो माफि गरिदिनुहोला आजदेखि गति हुदैन ।’