मन्थली नगरपालिकाले निःशूल्क मुटुरोग सिविर संचालन गर्दै

| जेठ २७, २०७९ शुक्रबार

A A A
A A A

२७ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा निःशूल्क दुई दिने मुटुरोग स्वास्थ्य शिविर हुने भएको छ । 

 

७ सय ५३ वटै स्थानीय तहमा पहिलो पटक निःशूल्क मृगौला परीक्षण गरेर चर्चामा रहेको नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत मन्थली अस्पतालमा दुई दिने मुटुरोग सम्बन्धि निःशूल्क परिक्षण गर्न लागेको नगरपालिकाले जनाएको छ । 

 

आउँदो असार ३ र ४ गते मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सपाल्ट सेन्टर काठमाडौं र सेभद हर्ट काठमाडौंको प्राविधिक सहयोगमा मुटु रोक शिविर संचालन गर्न लागेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । 
 

यो नगरपालिकाले स्वास्थ नागरिक,स्वास्थ मन्थली नारा अगाडि सार्दै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

सूचना हेर्नुहोस्