जिसस रामेछापको नयाँ नेतृत्व चुन्न आज मतदान हुदै, गठबन्धन बिजयी हुने निश्चित्
२९ जेठ, रामेछाप । जिल्ला समन्वय समितिको नयाँ पदाधिकारी चयनको लागि आज मतदान हुदै छ । जसको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनसहित नेकपा एमालेसंग चुनावी प्रतिस्पर्धामा छन् ।
आठ स्थानीय तह रहेको रामेछापमा कांग्रेससंग ७ र माओवादी केन्द्रसंग ३ मत गरी गठबन्धनसंग १० मत रहेको छ । एमालेसंग ६ मत मात्रै छ । जसअनुसार (जिसस) रामेछापमा गठबन्धनको टिम बिजयी हुने निश्चित जस्तै भैसकेको छ ।
चिना खड्कालाई नेपाली कांग्रेसबाट (जिसस) रामेछापको प्रमुख (सभापति) मा उम्मेद्वारी दर्ता गराउदै पहिलो पटक महिला नेतृले (जिसस) को नेतृत्व कांग्रेसले सुम्पिदै छ । ४–५ को भागबण्डा गरेर तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले उपप्रमुख सहित ५ जना माओवादीले पाएको छ ।
स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा तालमेल गरेका यी दुई पार्टीले स्थानीय नगर/गाउँकार्यपालिका गठनदेखि तालमेललाई थप बढाएका हुन् । केन्द्रले पनि (जिसस) समिति गठनमा तालमेल गर्न निर्देशन दिएको थियो ।
एमालेका पुराना नेता तुलप्रसाद कंडेललाई प्रमुखको जिम्मेवारी दिने निर्णयसहित उम्मेद्वारी दर्ता गरेर गठबन्धनसंग चुनावी प्रतिस्पर्धामा एमाले छ । जसको लागि आज बिहान १० बजेदेखि २ बजेसम्म मतदान हुने तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले जनाएको छ ।
निर्वाचन कार्यतालिका ।

