जिसस रामेछापमा कांग्रेस र माओवादी गठबन्धनको प्यानलै बिजयी (नामावली)

| जेठ २९, २०७९ आइतबार

A A A
A A A

२९ जेठ, रामेछाप । जिल्ला समन्वय समिति (जिसस) रामेछापमा गठबन्धनको टिम बिजयी भएको छ । आज आइतबार भएको समिति गठनको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धनको प्यानलै बिजयी भएको हो । 

 

जसअनुसार प्रमुख (सभापति) मा नेपाली कांग्रेसकी चिना खड्का (कार्की) निर्वाचित भएकी छन् । भने बाबुलाल योन्जन, अनिषा माझी र बीरबहादुर कार्की नेपाली काँग्रेसबाट सदस्यमा निर्वाचित भएका छन् । 


त्यस्तै उपप्रमुख माओवादी केन्द्रका प्रेमबहादुर थापा निर्वाचित भएका छन्, भने हीराकुमारी गिरी, डम्बरकुमारी रसाइली, बिन्दा सार्की, बिक्रम थापामगर माओवादी केन्द्रबाट सदस्यमा निर्वाचित् भएका हुन् । आठ स्थानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गरेका हुन् । 

 

(जिसस) रामेछापमा निर्वाचित हुने ९ मत ल्याउनु पर्ने थियो । गठबन्धनको टिममा १० भोट थियो । एमालेसंग ६ मत रहेको थियो ।