जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका जनप्रतिनिधिले हालेको एक भोट रद्द

| जेठ २९, २०७९ आइतबार

A A A
A A A

२९ जेठ, रामेछाप । जिल्ला समन्वय समिति (जिसस) रामेछापको निर्वाचनमा एक भोट बदर भएको छ । कूल १६ भोट रहेको (जिसस) समितिको निर्वाचनमा आइतबार भएको मतदानमा गठबन्धनका उम्मेद्वारले प्रमुख हालेको भोट एक रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

(जिसस) को निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुखहरुले मतदान गर्ने प्रावधान छ । जसअनुसार ८ स्थानीय तह रहेको रामेछापमा दुई नगरपालिका प्रमुख, उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले मतदान गरेका हुन् । स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिले (जिसस) समिति गठनको लागि हालेको भोट रद्द हुने गरि हाल्नुलाई सम्बन्धित पार्टीहरुले चासोका साथ हेरेका छन्, भने आमनागरिकले असक्षम जनप्रतिनिधि निर्वाचित भएको प्रमाणित भएको भन्दै आलोचना तथा टिकाटिप्पणी सुरु गरेका छन् । 

 

‘एउटा भोट राम्रोसंग हाल्न नजान्ने जनप्रतिनिधिले के विकास गर्लान खै ? यस्ता जनप्रतिनिधिबाट के आशा गर्ने, कसैप्रतिको रोष्ट टिमलाई हराउने गरि कहीलै सफल हुदैन निर्वाचन परिणामपछि एक समूहले बोल्यो ।’

 


‘प्रमुखमा हालेको एक भोट रद्द भएको हो । रुखमा पनि हालेको रहेछ । सूर्यमा पनि, निर्वाचित प्रमुखको ९ मत मात्रै आएको छ, अरुको १० छ,’ मुख्य निर्वाचन कार्यालय मन्थलीका फोकल प्रर्सन नवराज घिमिरेले रामेछाप टाइम्ससंग भने ।

 


निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर एमालेसंग चुनावी प्रतिस्पर्धा गरेका थिए । गठबन्धनसंग कांग्रेसको ७ र माओवादीको ३ गरी १० मत थियो । यता एमालेसंग ६ मत मात्रै थियो । एक भोट रद्द भएपछि एमालेको प्रमुखले ५ मत पाएका छन् । निर्वाचित सदस्यहरुको भने १०–१० मत आएको छ ।