कार्यभार सम्हाल्दै प्रमुख कार्कीले भनिन् –सबै क्षेत्रमा समन्वयको अभाव हुने दिदैनौं

| जेठ ३०, २०७९ सोमबार

A A A
A A A

३० जेठ, रामेछाप । जिल्ला समन्वय समिमित रामेछापकी प्रमुख चिना खड्का (कार्की) समन्वयको अभाव हुन नदिने प्रतिबद्ध जनाएकी छन् । ‘सबैसंग समन्वय गरेर जाने छौं । हरेक विकास निर्माण, स्थानीय तह र हाम्रो अधिकारको क्षेत्रले गर्न मिल्ने सबै काम गर्नेछौं ।’

 

आइतबार कांग्रेस र माओवादी केन्द्रबीच भएको तालमेलबाट निर्वाचित भएपछि सोमबार पदभार ग्रहण गर्दै कार्कीले समन्वय को कुनै ठाउँमा अभाव हुन नदिने प्रतिबद्धता जनाइन् । उनले समग्र विकास निर्माण र पर्यटन प्रर्वद्धन गर्न तिनै तहको सरकारसंग सहकार्य गरेर काम गर्ने बताइन् । 


उनले स्थानीय तहबाट निर्माण सम्भव नभएका ठूला योजनाहरुको निमार्णको लागी संघीय सरकार र प्रदेश सरकार संग समन्य गर्छु भनिन् । 

 

त्यस्तै उपप्रमुख प्रेमवहादुर थापाले संरचनागत हिसावले (जिसस) को आफैमा विकास निर्माण गर्ने दायित्व नरहेपनि जिल्लाका सवै विकास निर्माण कार्यको अग्रणी भूमिका निभाउने बताए । उक्त भूमिकालाई कमजोर नहुने गरी काम गर्ने विश्वास थापाले दिलाए । ‘कानुनले प्रदत्त गरेको अधिकारको अधिकत्तम प्रयोग गरेर नागरिकको इच्छा बमोजिम काम गर्ने सबैसंग मिलेर गर्छौं ।’

 

आइतबार जिल्लाका आठ स्थानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुले मतदान गरी कांग्रेस र माओवादी केन्द्रका ४–५ जनाको प्यानल बिजयी भएको छ ।