रामेछापमा विपद् पूर्व अभ्यास (फोटोफिचर)

| जेठ ३१, २०७९ मंगलबार

A A A
A A A

३१ जेठ, रामेछाप । रामेछापमा विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्य पूर्व अभ्यास (डेमो) गरिएको छ । मंगलबार आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा, मन्थली अस्पताल, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा बर्खायाम सुरु भएकाले बाढी पहिरोले पुर्याउने क्षेती र त्यसको उद्दारमा गरिने कार्यको पूर्व अभ्यास गरिएको हो । 

 


मन्थली स्थित तामाकोशी नदी किनारामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले एक घर बढी पहिरोले बगाउद् पारेको क्षेती र उनीहरुको परिवारको उद्दारमा गरिने प्रयासको अभ्यास ‘डेमो’ गरेका हुन् । 


कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बिपद जहाँ जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत भएर बस्नु पर्नेमा जोड् दिए । उनले समितिले यस्ता घटनालाई ध्यानमा राखेर बेला बेलामा उद्दार, राहात र व्यवस्थापनको काम गर्दै आएको उल्लेख गरे ।

आजको (डेमो) यसैअन्तर्गतको अभ्यास भएको जानकारी गराउदै (प्रजिअ) पहाडीले जनप्रतिनिधि, प्रहरी, सेना, स्वास्थ्यकर्मी, समाजसेवीहरुले आइपर्ने जुनसुकै विपद्का घटनालाई संयम्ताको साथ मिलेर उद्दार, राहार र पुःनस्थापनामा जुट्नु पर्ने बताए । उनले यस्ता घटनाको जोखिम धेरै ठाउँमा रहेकाले पूर्व तयारी बलियो बनाउन स्थानीय सरकार र समितिले मिलेर काम गर्ने प्रतिबद्धता जनाए । 


(डेमो) कार्यक्रममा बोल्दै जिल्ला समन्वय मसितिका उपप्रमुख प्रेमबहादुर थापाले विपद्का घटना बढ्ने बेला आएकाले सम्बन्धित निकायहरु तयारी अवस्थामा रहन निर्देशन दिए । उनले संघ, प्रदेश र स्थानीय तहका सरकारले बाढी पहिरो लगाएत विपद्का घटनाले क्षेती गर्न सक्ने भन्दै पूर्व तयारीका साथ बस्नु पर्ने सुझाए । 

 

उनले रामेछाप जिल्ला बाढी पहिलोको तत्काल ठूलो जोखिममा रहेको भन्दै सबै सचेत भएर रहन आग्रह गरे ।