प्लास्टिक र कागजका टुक्रासमेत किनिदिने मन्थली ३ का अध्यक्ष थापाको ५ वर्षे योजना यस्तो छ (भिडिओसहित)

| असार २, २०७९ बिहिबार

A A A
A A A

२ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले पलास्टिक र कागजका टुक्रासमेत किनिदिने योजना सुनाएका छन् । टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र उत्पादन र बिक्री वितरणलाई प्राथामिकता दिने उनको भनाई छ ।



‘सरकारले बैंकिङ् प्राणालिबाट भत्ता वितरण गरि रहदाँ   वृद्धावृद्धलाई ठूलो समस्या भएको छ । अब हामी सहकारी मार्फत टोलटोलमै पुगेर भत्ता वितरण गर्छौं’ उनले भने ।



बिहिबार रामेछाप टाइम्ससंगको कुराकानीमा वडा अध्यक्ष थापाले जनतामाझ भोट माग्न जाँदा गरेका आफ्नो १५–१६ वटा प्रतिबद्धता रहेको सुनाउदै त्यो पूरा गर्ने उनले जिकिर गरे ।
 


गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले वडा कार्यलाय बनाउन नसकेकोमा दुःखसहितको आक्रोश ब्यक्त गर्दै अबको २ वर्षभित्र वडा कार्यालय भवन बनाउने दाबी गरे ।


एमालेबाट निर्वाचित थापाले आफ्नो वडाभित्र पलास्टिक र कागजका टुक्रा मुक्त वडा बनाउने योजना सुनाए । ‘१०–१५  रुपैयाँ किलोमा मआफै कागजका टुक्रा र प्लास्टिकका टुक्रा किनिदिन्छु उनले भने ।’



अध्यक्ष थापाले वन तथा वातावरण संरक्षणमा काम गर्नको लागि यो, योजना आफूले पत्रकारसम्मेलन गरेरै सार्वजनिक गर्ने तयारीमा रहेको सुनाए । कृषि, पशुपाल, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथामिकता दिएर काम गर्ने भन्दै खानेपानी र स्वास्थ्यलाई विशेष प्राथामिकता दिन्छु भने ।