रामेछापमा देशकै पहिलो डुङ्गा दौड् प्रतियोगिता हुदै

| असार २, २०७९ बिहिबार

A A A
A A A

२ असार, रामेछाप । रामेछापमा प्रथम खुल्ला डुङ्गा (लाउ) दौड् प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता नेपालमै पहिलो पटक हुने लागेको आयोजनले जनाएको छ । आज बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक राष्ट्रिय खेलकुद परिष्ट (राखेप)ले यही ४ गते शनिबार रामेछाप मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा डुङ्गा दौड् प्रतियोगिता संचालन गर्न लागेको जनाएको हो । 

 


यसरी डुङ्गा दौड् खेल देशकै पहिलो प्रतियोगिताको रुपमा सुनकोशी र तामाकोशी नदीको मेलन केन्द्र सेलेघाटमा संचालन गर्न लागेको प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद् विकास समितिका अध्यक्ष सरोज गाहामगरले बताए । 

 


मन्थली नगरपालिकाको आर्थिक सहयोग र माझी उत्थान संघ रामेछापको समन्वयमा परम्परागत खेलकुदलाई संरक्षण र प्रवर्द्धनको लागि गर्न लागेको संघका अध्यक्ष ईन्द्रबहादुर माझीले बताए । खेलले यहाँको सांस्कृतक पर्यटन प्रर्वद्धन हुने दाबी गरिको छ । 

 


माझीका अनुसार प्रतियोगितामा देशका विभिन्न १५ देखि २० जिल्लाका प्रतियोगिहरुले भाग लिएका छन् । यो खेलमा करिब एक हजार दर्शकहरु उपस्थितिमा माझी जातीको विशेष वेषभुषा, खानपानको व्यवस्था गरिएको (राखेप)का केन्द्रिय सचिवालय सदस्य टंकलाल घिसिङ्का स्वकीय सचिव गंगालाल गोलेले बताए ।  


२० जिल्लाका प्रतियोगियीहरुले सहभागिता जनाएको डुङ्गा दौड् प्रतियोगितामा दुई समुहमा खेलाईने आयोजकले नीति बनाएको छ । जसअनुसार बर्खायाम भएकाले एक डुङ्गामा २ जना सवार हुनेलाई ‘सिङ्गल’ र एक डुङ्गामा ४ जना सवार हुनेलाई ‘डबल’ प्रतियोगिताको रुपमा लिएको छ । 

 

यसै अनुसार ‘सिङ्गल’मा प्रथम हुने प्रतियोगिहरुले नगद २०, द्वितिय हुनेले १५ र तृतिय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । 

 


त्यस्तै ‘डबल’मा प्रथम हुनेले नगद ३० हजार द्वितिय हुनेले २० र तृतिय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलको (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्ले उत्घाटन गर्ने छन् । साथै गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्लाका आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई दिन कार्यक्रममा डाकिएको आयोकजले जनाएको छ । 


खेलमा सहभागी खेलाडीहरुको प्रति खेलाडी नगद २ लाख रुपैयाँ बराबरको बिमा समेत गरि छ । प्रतियोगितामा दौडिने डुङ्गाहरुले सिङ्गलमा ५० मिटर र डबलले ७५ मिटर बारबर दौडिनु पर्ने आयोकले बतायो ।