नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा रामकृष्ण श्रेष्ठः यी हुन पदाधिकारी (नामावली)

| असार ५, २०७९ आइतबार

A A A
A A A

५ असार, रामेछाप । नेपाल शिक्षक संघ रामेछापको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ चुनिएका छन् । उनी सर्वसहमतिले अध्यक्ष बनेका हुन् । 

 

हिजो शनिबार मन्थलीमा भएको संघको अधिवेशनले लक्ष्मी बुढाथोकी कार्कीलाई महिला उपाध्यक्ष र अर्जुनबहादुर श्रेष्ठलाई खुल्ला उपाध्यक्ष चयन गरेको छ । 

 


त्यस्तै मेघ प्रसाद भट्टराई सचिव बनेका छन् । भने अर्थ सचिवमा नारायणप्रसाद घिमिरे,सह–सचिव राजकुमार खड्का, सह–सचिव महिलामा फूल कुमारी गिरी, अर्थ सह–सचिव महिलामा शान्ति कुमारी कार्की चयन भएका छन् । सह–सचिव समावेशी निराजन लामा र सुदिप कुमार कार्की मनोनित भएका हुन् । 


त्यस्तै महिला सदस्यमा केशरी तामाङ, कमला राय, गंगा तामाङ चयन भएका हुन् । 

त्यस्तै खुल्ला सदस्यमा चन्द्रप्रसाद घिमिरे, भुवन थापा मगर, कुमार खड्का, यज्ञ बहादुर कार्की मनोनित भएका छन् । 


उता महाअधिबेशन प्रतिनिधिमा खुल्लामा बाबुराम घिमिरे, चन्द्र बहादुर घिसिङ, टंक प्रसाद दाहाल, विजानवी श्रेष्ठ बनेका छन् । 

 

त्यस्तै संघीय महाअधिबेशन प्रतिनिधि महिलामा कमला कुमारी थापा, प्रविना पौडेल मनोनित भएका छन् । 


त्यस्तै प्रदेश प्रतिनिधि खुल्लामा जनार्दन घिमिरे, राजेन्द्र बस्नेत, हरिनारायण श्रेष्ठ, रुद्र बहादुर खत्री, बुद्धिराज फुयाल मनोनित भएका हुन् । 


भने प्रदेश प्रतिनिधि महिलामा रेणुका ढकाल र मेनु पोख्रेल घिमिरे मनोनित भएका छन् ।