मन्थलीमा निःशूल्क मुटु रोग परिक्षणः २ हजार बढीले सेवा लिए, २७ जना काठमाडौं रेफर (फोटोफिचर)

| असार ५, २०७९ आइतबार

A A A
A A A

५ असार, रामेछाप । मन्थली नगरपालिकाले संचालन गरेको दुई दिने निःशूल्क मुटु परिक्षणमा २ हजार बढीले सेवा लिएका छन् । 

 


गत शुक्रबार र शनिबार दुई दिन मन्थली नगरपालिकाको आयोजनामा मन्थली अस्पतालमा संचालन भएको निःशूल्क मुटुरोग परिक्षणमा रामेछाप दोलखा, सिन्धुली र ओखलढुङ्गाका स्थानीयहरुले सेवा लिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार पहिलो दिन आठ सय जनालेसहित दुई दिनमा दुई हजार तीन जनाले निःशूल्क मुटुको परिक्षण गराएका हुन् । यसरी परिक्षण गर्दा रोग भएको पुष्टि भएर २७ जनालाई अप्रेशनको लागि काठमाडौं रेफर गरिएको छ । 


त्यस्तै मुटुको केही समस्या छकि भनेर पत्ता लगाउने (माईसिजी) १ हजार ६७ जनाले सेवा पाएका छन् भने मुटुमा रोगले समस्या गर्न लागेको र  आफूले सुधार बानी र त्यसको हेरचाहा मिलाउन सकेमा सुधार हुने (ईकोकार्डयो ग्राफी) ६ सय ८१ जनाले सेवा लिएको फुयाँलले बताए । 

मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सपाल्ट सेन्टर काठमाडौं र सेभद हर्ट काठमाडौंको प्राविधिक सहयोगमा संचालित तालिममा मुटु रोगको पहिचान गर्ने र नागरिकलाई मुटुरोग लाग्नबाट सचेत गराउने उद्देश्य लिएको थियो । ट्रान्सपाल्न्ट सेन्टरका २७ जना र मन्थली नगरपालिकाका ३७ जना डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीहरुको उपचार गरेका थिए ।