राष्ट्रिय मगर विद्यार्थी संघको महामन्त्रीमा रामेछापका चन्द्र थापा मगर

६ असार, रामेछाप । रामेछापका चन्द्र थापा मगर नेपाल राष्ट्रिय मगर संघको विद्यार्थी सगठन राष्ट्रिय मगर विद्यार्थी संघको महामन्त्री बनेका छन् ।
गत असार ४ गते ललितपुरमा भएको नेपाली कांग्रेसको भातृ संघ नेपाल राष्ट्रिय मगर संघको विद्यार्थी संगठन राष्ट्रिय मगर विद्यार्थी संघ केन्द्रिय समितिको प्रथम महाधिवेशनबाट थापा मगर महामन्त्री बनेको संघले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
खोटाङ्का चन्द्रसगिन थापा मगरको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिको उल्लेख छ ।