आउँदा निर्वाचनहरु थप चुनौतिपूर्ण र जटिले बन्दै गएको छ–डिएसपी थिङ् (भिडिओसहित)

| असार ६, २०७९ सोमबार

A A A
A A A

६ असार, रामेछाप । रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले जिल्लामा आउँदो निर्वाचन सुरक्षाको दृष्टिकोणले थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुबाट मौन अबधिमा आचारसंहिता उल्लङ्घनका धेरै घटना भएको उल्लेख गर्दै आसन्न निर्वाचनहरु चुनौतीपूर्ण रहेको बताए ।

 

‘मौन अबधि भनेको रातभरी सुत्ने र दिनभरी कुद्ने समय भयो । यसले अब आउने चुनावमा सामान्य नागरिकले मनपरेको उम्मेद्वारलाई भोट हाल्न स्वतन्त्र रुपमा जान पाउछनकि पाउदैनन् भन्नेर त्यतातिर सोच्ने बेला आयो । पार्टीका कार्यकर्ताले उसलाई छेक्न गएको, रोक्न गएको भन्ने बहानामा घटना घट्ने प्रवृती धेरै देखियो त्यसैले अब आउने चुनावहरु थप जटील देखिन्छ हामीले सोच्ने बेला र सजगता अप्नाउने बेला आएको छ उनले  भने ।’ 

 

मानवअधिकार संजाल रामेछाले सोमबार आयोजना गरेको सन २०२२ को अर्ववार्षिक समिक्षा छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा भएका घटनाको बारेमा उल्लेख गर्दै ती घटनाबाट पाठसिकेर सबै सच्चिने र सुध्रिने बेला आएकोमा जोड् दिए । 

 


बलत्कार र आत्महत्याको घटनाहरु बढेको र ज्यान मार्ने घटना पछिल्लो केही महिना यता घटेको तथ्याङ्कले देखाएको डिएसपी थिङ्ले जानकारी दिए ।

 

उनले ‘रेपकेस’ र आत्महत्याका घटनाहरु बढेका छन् । ९ वर्षको बालकदेखि ९० वर्षका वृद्धले आत्महत्या गरेको विवरण छ । तर, एकले अर्काको ज्यानै मार्ने घटना भने केही महिना यता देखिएका छैनन् भने ।’