नेपाल शिक्षक संघ मन्थली नगर कार्य समितिले नगरलाई बुझायो २० बुँदे सुझाव (पत्रसहित)

| असार ७, २०७९ मंगलबार

A A A
A A A


७ असार, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगर कार्य समितिले नगरभित्रका विद्यालयको शैक्षिक सुधारको तिन पृष्ठ लामो सुझाव पत्र पेश गरेको छ । 

 


नगरपालिका भित्रको शैक्षिक गुणस्तर र सिकाई उपलब्धि अभिवृद्धि तथा समग्र शैक्षिक उन्नतिको लागि नवनिर्वाचि शिक्षक संघका पदाधिकारीको टिमले सोमबार नगरको कार्यालयमा पुगेर समन्वय, सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

 


२० बुँदे सुझाव पत्र पेश गर्दै संघले नगरको बार्षिक कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।


त्यस्तै प्रा वि, नि मा वि र मा वि तहमा कार्यरत विद्यालय सहयोगी कार्यकर्ता बालविकास शिक्षकको सेवा सुविधामा विभेद रहेकोले एकरुपता कायम गरी नगरबाट नियुक्त भएका स्वयम्सेवक शिक्षकहरुलाई तलव भत्तासहित निरन्तरता दिन, प्रविधिमैत्री बनाउन आवश्यक पर्ने एक शिक्षक एक ल्यापटप, इन्टरनेट सुविधाको पहुँच विस्तार तथा शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रमलाई योजनासहित कार्यान्वयन गर्न संघका नगरकार्य समितिका अध्यक्ष भिमबहादुर नेपालीले जानकारी दिएका छन् । 

 

पत्र हेर्नुहोस्