एमाले नेता कैलाश ढुङ्गेललाई हृदयघातः तामाकोशी अस्पतालमा उपचार सम्भव नभएसी हेलिकप्टरमा काठमाडौं लाने तयारी

| असार ७, २०७९ मंगलबार

तस्विर स्रोत दिनेश सुवेदी ।
A A A
A A A

७ असार, रामेछाप । नेकपा एमालेका नेता कैलाश ढुङ्गेललाई हार्टट्याक (हृदयघात) भएको छ । आज बिहान एक्कासि घरमा बसिरहेका बेला नेता ढुङ्गेललाई मुटुमा समस्या भएको उनका स्वकीय सचिव दिनेश सुवेदीले जानकारी दिए ।

 

ढुङ्गेल केही दिनएता निजी निवास खाँडादेवी गाउँपालिकाको माकादुम घरमा बस्दै आएका थिए ।  


स्वकीय सचिव सुवेदीले बागमती प्रदेशका सांसद् समेत रहेका नेता कैलाश ढुङ्गेललको सामाजिक संजालमा तामाकोशी अस्पतालको बेड्मा सुतीरहेको फोटोसहित ‘माननिय ढुङेल ज्युलाई मुटुमा समस्याका कारण मन्थली तामाकोसी अस्पतालमा उपचार हुँदै । थप उपचारको लागि मन्थलीबाट नर्भिक अस्पताल लाने तयारी' भनेर लेखेका छन् । 

 


एमाले निकट विद्यार्थी संगठन (अनेरास्वियुका) नेता पुष्कर भट्टराईका अनुसार बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका ढुङ्गेललाई मंगलबार आज बिहाना घरमा बसिहरेको अवस्थामा एक्कासी हृद्यघाट भएको हो । उनलाई तत्काल उपचारको त्यहाँबाट तामाकोशी अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

बागमती प्रदेशका पूर्वमन्त्री आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेललाई यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि काठमाडौं लानको लागि हेलिकप्टर मगाइएको भनिएको छ । हामीले यसबारेमा बुझ्न तामाकोशी अस्पतालामा सम्पर्क गरेपनि सम्पर्क भएको छैन् ।