प्रधानमन्त्री कृषि परियोजनाले किसानलाई दियो उन्नत जातका बाख्रा

| असार ७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

७ असार, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले ५० प्रतिशत अनुदानमा उन्नत जात (बोयर) बाख्रा र बोका किसानलाई वितरण गरेको छ ।

 

सोमबार हिजो परियोजनाको कार्यालय मन्थलीमा, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाका किसान, कृषि सहकारी र कृषि फार्मले ५० प्रतिशत अनुदानमा बोयर बाख्रा र बोका पाएका हुन् । ५० प्रतिशत भन्दामाथि जातिय शुद्धता भएको बोयर जातका क्रस बोका, पाठी वितरण गरिएको परियोजनाका (खरिदार) सूचना अधिकारी बेदराज काफ्लेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 


जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापाको उपस्थितिमा पशुनश्ल सुधार तथा उत्पानदग बृद्धि कार्यक्रम अन्तर्गत १४ वटा बोका र ६ वटा पाठी  वितरण गरिएको काफ्लेले बताए । विभिन्न समयमा किसानलाई परियोजनाले कृषि क्षेत्रमा कृषि सामाग्री, उपकरणहरु हस्तान्तरण गर्दै आएको छ ।