मुटुमा समस्या भएका ढुङ्गेललाई हेलिकप्टरमा काठमाडौं लगियो

७ असार, रामेछाप । मुटुमा समस्या देखिएका एमाले रामेछापका ईन्चार्ज कैलाश ढुङ्गेललाई काठमाडौं लगिएको छ । आज बिहाना एक्कासी हृद्यघात (मुटुमा समस्या) भएको थियो ।
बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेता ढुङ्गेलालाई उनकै निजी निवास माकादुममा बसिरहेका बेलामा समस्या भएपछि तामाकोशी अस्पताल मन्थलीमा ल्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकप्टर मगाएर उनलाई काठमाडौं लगिएको हो ।
काठमाडौंमा उनको मुटको परिक्षणको लागि काठमाडौ नर्भिक अस्पताल पठाइएको जनाइएको छ ।