जिल्ला आयुर्वेद अगाडिको जग्गामा योग शिविर सञ्चालन गर्न दिने मन्थली नगरपालिकाको निर्णय

| असार ८, २०७९ बुधबार

जिल्ला आयुर्वेद कार्यालय, फाइल फोटो ।
A A A
A A A

८ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ग्यारेजको रुपमा प्रयोग हुदै आएको जिल्ला आयुर्वेद अगाडिको जग्गामा योग शिविर सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

 

गत असार ७ गते बसेको नगर कार्यपालिकाको ६१ औं बैठकले विभिन्न निर्णय गर्दै स्वास्थ्य आयुर्वेद कार्यालय अगाडिको जग्गामा योग शिविर संचालन गर्न व्यवस्थापन गर्न दिने निर्णय गरेको जारी निर्णयमा उल्लेख छ । योसंगै अब आयुर्वेद कार्यालयले संचालन गर्ने योगको लागि प्रयाप्त मात्र ठाउँ भएको छ । 

 


त्यस्तै नगरपालिकाले नगरपालिकाबाट सम्पादन हुने सेवा प्रवाहलाई जवाफदेही र प्रभावकारी बनाउन तयार गरिएको सार्वजनिक सेवा प्रवाह मापदण्ड २०७९ र बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श अनुदान सहयोग कार्यविधि, २०७९ परिमार्जन सहित पारित गरेको छ । 

 


यसैबीच नगरपालिकाले नगरको आगामी आर्थिक वर्ष २०७९र८० को नीति, कार्यक्रम र बजेट परिमार्जन सहित पारित गरी आगामी एघारौ नगरसभामा पेश गर्ने निर्णय गरेको छ । शुक्रबार नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउदै छ । 

निर्णयहरु हेर्नुहोस्