मन्थली नगरपालिकाले कक्षा ६–८ मा स्थानीय पाठ्यक्रम ‘रामेछाप चिनारी’ पढाउने

| असार ८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

८ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कक्षा ६–८ मा स्थानीय एक पाठ्यक्रम थप गर्ने निर्णय गरेको छ ।  यसअगाडि पनि नगरले कक्षा १ देखि ५ सम्म नगरभित्रको विविध विषय जानकारी गराउने उद्देश्यले एक पाठ्यक्रम लागू गरि सकेको छ । 

 

 

गत मंगलबार बसेको नगरकार्यपालिका बैठकले रामेछाप जिल्लाको समग्र विषय वस्तुलाई समेटेर कक्षा ६–८ मा स्थानीय पाठ्यक्रमको रुपमा नगर कार्यदलले तयार गरी नगर शिक्षा समितिबाट पारित भई कार्यपालिकामा पेश भएको स्थानीय पाठ्यक्रम स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको उल्लेख छ । 

 


 
स्रोतका अनुसार पाठ्क्रमको नाम ‘रामेछाप चिनारी’ रहेको छ ।