भैरवी मा‍.वि‍.सुनारपानी बन्यो जिल्लामै पहिलो ‘प्लास्टिक मुक्त’ विद्यालय

| असार ८, २०७९ बुधबार

A A A
A A A

८ असार,  रामेछाप । रामेछापको मन्थली नगरपालिका स्थित एक सामुदायिक विद्यालयले ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरेको छ । 


आज बुधबार नगरपालिकाको वडा नं ५ सुनारपानी स्थित  भैरवी मा।वि। ले ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरेको हो । स्थानीय बाल कल्बको आयोजना र वातावरण संरक्षण परियोजनाको सहयोगमा उक्त विद्यालयलाई ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरिएको हो । 

 


यसरी विद्यालयलाई प्लास्टिक मुक्त गर्नेमा यो विद्यालय जिल्लाकै पहिलो बनेको दाबी आयोजकको छ । प्लास्टिकले वातावरणलाई प्रदूषित बनाउने भन्दै यसअभियानलाई वडाभरी लागू गर्नको लागि आफ्नो ठाउँबाट भूमिका खेल्ने वडा अध्यक्ष रवीन कार्कीले बताए । 

 

विद्याललाई प्लास्टिक मुक्त घोषणा अभियानमा मन्थली नगरपालिका वडा नं १, ३, ४, ५ का वडा अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वातावारण संरक्षण परियोजनाका पदाधिकारीहरुको संयुक्त अनुगमन टोलीको  विद्यालयलाई ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरिएको हो । 

 

प्लास्टिकले वातावरणलाई प्रदूषित बनाउने भन्दै यसअभियानलाई वडाभरी लागू गर्नको लागि आफ्नो ठाउँबाट भूमिका खेल्ने वडा अध्यक्ष रवीन कार्कीले बताए । 

तस्विर स्रोत नवीन कार्की ।