मन्थली नगरपालिकाले एक अरब ४० करोडको बजेट ल्याउदै छ–प्रशासकीय प्रमुख पौडेल

| असार ९, २०७९ बिहिबार

लिलाराज पौडेल ।
A A A
A A A

९ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को भन्दा बढी बजेट ल्याउने भएको छ । नगरले गत वर्ष एक अरब ४ करोडको बजेट ल्याएको थियो । भोली शुक्रबार बजेट ल्याउने तयारीमा जुटेको नगरपालिकाले नगरको आयव्यय बढेको भन्दै बजेटको ‘भोलम’ बढाउन लागेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताए । ‘सामाजिक सुरक्षा भत्ता अहिले २६ लाख हाराहारीमा खर्च हुदै आएको यो बढेर ३५ सम्म पुग्ने देखिन्छ । विकासे खर्च पनि बढेको छ । त्यसैले हाम्रो बजेटको भोलम बढ्छ पौडेलले’ भने ।

 

उनका अनुसार यो पटक नगरपालिकाले करिब एक अरब ४० करोड बराबरको बजेट ल्याउने तयारी नगरको छ । ठूला योजना खासै समावेश नगरिएको यो बजेट कृषि, शिक्षा, स्वास्थ्य, पूर्वधार, पर्यटन प्रवर्द्धनलाई मुख्य रुपमा जोड् दिएर बजेट निर्माण गरिएको उनले पौडेल बताउछन् ।

 


चालु आर्थिक वर्षमा असार १५ सम्मको खर्चलाई आंकलन गर्दा करिब ८० प्रतिशत बजेट खर्च गर्ने नगरले नयाँ आर्थिक वर्ष सुरु हुनेसम्म २० प्रतिशत खर्च बढ्ने अपेक्षा गरेको छ । साना ठूला गरी ५ सयको हाराहारीमा योजना रहेको नगरपालिकाका धेरै जसो योजना धमाधम सकाउने तयारीमा छन् । तर, नगरपालिकाको गौरवको तीनलाल पार्क जस्ता आयोजना भने निर्माण सम्पन्न गर्ने सम्झौता मिति सकिएपनि काम भने सकिएको छैन् । भौतिक पूर्वधारको काम लगबग ९० प्रतिशत सकिएको पौडेल बताउछन् ।

 

 

स्वीमिङ पुल सहितको तीनलाल पार्क अझै सञ्चालनमा नआउदाँ नगरकस्तरमा आलोचन सुरु भैसकेको छ । नगरपालिकाका प्रमुख धार्मिक तथा पर्टयकिय स्थलहरुको विकास र प्रवर्द्धन गर्ने गरि बजेट आउन लागेको र त्यसको लागि नयाँ आएका वडा अध्यक्षहरुले पनि चासो दिएको नगरमा करिब २ वर्षदेखि प्रमुख प्रशासकियको रुपमा काम गर्दै आएका पौडेलले बताए ।

 

पौडेलले विशेष गरी छिमेकी स्थानीय तहहरुसंग सिमा जोडिएका धार्मिक तथा पर्टयकिय क्षेत्रको निर्माण र विकासको लागि सबै स्थानीय तहसंग समन्वय गरेर बजेट बनाउने बारेमा समेत छलफल भएको उनी बताउन छन् ।

 

 

लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिकासंग सिमा नजिक रहेका धार्मिक स्थलहरुको विकास निर्माणको लागि बजेट छुट्टायाउने विषयमा छलफल भएको छ पौडेलले भने ।