रामेछाप नगरपालिकाले ल्यायो ७४ करोड ६५ लाख बजेट (भिडिओसहित)

| असार ९, २०७९ बिहिबार

A A A
A A A

९ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ६५ लाख बजेट ल्याएको छ । 

 

 

नगरपालिकाकि उपप्रमुख बालाकुमारी कार्कीले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै सो रकम सार्वजनिक गरिन् ।

 

 

उनले निवर्तमान जनप्रतिनिधिले राम्रो बजेट ल्याएको भन्दै सो योजनालाई निरन्तर दिने बताइन् । 

 

 

बिहिबार नगरपालिकाको ११ औं नगरसभामा बजेट सार्वजनिक गरिएको हो ।