रामेछापका सात स्थानीय तहले आज बजेट ल्याउदै

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप ।  रामेछापका ७ स्थानीय तहले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । रामेछाप नगरपालिकाले भने हिजो बिहिबारनै नीति तथा कार्यक्रम सार्वजिनक गरी सकेको छ । 

 

 

आज सदरमुकाम समेत रहेको मन्थली नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाले आगामी नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।

 

 


कोरोना महामारीले थिलथिलो पारेको, चुनावी वर्षबाट उकास्ने, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वधार विकास सडक निर्माण लगाएतलाई नै प्राथामिकता दिएर बजेट ल्याउन लागेको बुझिएको छ । मन्थली नगरपालिकाले शिक्षालाई प्रमुख प्राथामिकता दिन लागेको बुझिएको छ । स्थानीय तहहरुले गत वर्षको भन्दा बजेको भोलम बढाउदै छन् ।

 

 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले ल्याउन लागेको बजेटलाई चासोका साथ हेरिदै छ । आज आउने बजेटले उनीहरुको विकास निर्माण प्रतिको धारण बुझ्न सकिने कति पएको आंकलन छ ।