लिखु तामाकोशी गाउँपालिकाको बजेट ८३ करोड ३४ लाख

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले ८३ करोडमाथि बजेट ल्यायाएको छ । आज शुक्रबार गाउँपालिकाको ११ औं गाउँसभामा पालिकाकी उपप्रमुख दीपा पाख्रिनले ८३ करोड ३४ लाखको बजेट प्रस्तुत गरेकी हुन् । 

 

 

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम संगै बजेट प्रस्तुत गरिएको हो । शिक्षा,स्वस्थ्य, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । 

 

त्यस्तै सडक कालोपत्रेको काम अगाडि बढाउने, विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने,१५ शैया अस्पताल निर्माण कार्यलाई तिब्रता दिने पालिकाको मुख्य बजारमा सिसिटिभी जडान गर्ने लगाएका विषय वस्तु नीति तथा कार्यक्रमा समावेश गरिएको छ ।