मन्थली नगरपालिकाले घरको पानी सडकमा पार्नेलाई दण्डित गर्ने, फोहोर बिसर्जन गर्न ल्याङ्फिल्ड निर्माण

| असार १०, २०७९ शुक्रबार

मन्थली बजार , फाइल फोटो ।
A A A
A A A

१० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले घरको पानी सडकमा अव्यवस्थित तरिकाले बिसर्जन गर्नेलाई कारबाही गर्ने भएको छ । 

 

नगरपालिकाको आज शुक्रबार नगरप्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थल, सडकमपेटी, सडक नालामा फोहोर तथा छलको पानी अव्यवस्थित तरिकाले बिसर्जन गर्नेलाई दण्डित बनाइने भनिएको छ । हाल मन्थली बजारमा कतिपए घरहरुको छतको पानी पाइपबाट सडकपेटीमा खस्छन् । 

 

त्यस्तै नगरले फोहोरमैलो ब्यवस्थापन गर्नको लागि ल्याण्डफिल्ड साइड्को निर्माण कार्य सुरु गर्ने नीति तथा कार्यक्रमको लागी उल्लेख गरिएको छ । 

 

हाल तामाकोशी नदी किनारामा विसर्जन हुदै आएको मन्थली बजारको फोहोर अब ल्याण्डफिल्डमा बिसर्जन हुने देखिएको छ । तर, त्यसको लागि कुन स्थानमा निर्माण गर्ने भनि उल्लेख गरिएको छैन् ।