मन्थली नगरपालिकाले छोरी जन्माउन प्रोत्साहित गर्नेः जन्मिएपछि बिमा पनि, ६० वर्षीय वृद्धवृद्धाको बिमाको रकम नगरले तिर्ने

| असार १०, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले छोरी जन्माउन प्रोत्साहित गर्ने भएको छ । आज शुक्रबार नगरपालिका प्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा छोरीको जन्मलाई प्रोत्साहित गर्ने उद्देश्य नगरले लिएको उल्लेख छ । 

 


यसैअनुसार स्वास्थ्य मापडण्ड पूरा गरी स्वास्थ्यकर्मीको निगरानीमा छोरी जन्मिएमा ती छोरीहरुको जीवन बिमा समेत नगरपालिकाले गरिदिने उल्लेख गरिएको छ । 

 


स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यसरी जन्मिएका छोरीहरुको बिमा गर्ने र सो बिमाको पहिलो किस्ताको रकम नगरपालिकाले भुक्तानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

 

त्यस्तै बिमा सचेतना कार्यक्रम अनुसार दलित महिला, एकल महिला, ख वर्गको अपाङ्ग भएका ब्यक्तिहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरुको र ६० वर्ष भन्दा माथिका नगरबासीहरुको समेत बिमामा लाग्ने रकम नगरले तिरिदिने भएको छ ।