दोरम्बा शैलुङ् गाउँपालिकाको बजेट ५८ कडोर १८ लाखमाथि (पूर्णपाठ)

| असार १०, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाले ५८ कडोर १८ लाख, ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । 

 

बिहिबार बसेको पालिकाको ११ गाउँसभा मार्फत सो बजेट ल्याएको हो । पालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारबाट प्राप्त हुने सशर्त, राजश्व बाँडफाँड र वित्तिय समानीकरण, प्रदेश सरकारबाट प्राप्त हुन सशर्त र वित्तिय समानीकरण, आन्तरिक आम्दानी, गत वर्षको मौजात एवम् अन्य सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त रकम गरी सो बजेट ल्याउने निर्णय स्वीकृत गरेको हो । 

त्यस्तै हिजोको गाउँसभाले बजेट स्विकृत, वार्षिक नीति तथा कार्यक्रम अनुमोदन, कर, दस्तुर सेवा शुल्क, सामाजिक सुरक्षा भत्ताको सीमा, उपभोक्ता समिति मार्फत् आयोजना सञ्चालन , उपभोक्ता समितिले सम्पादन गर्ने कार्यक्रमको सार्वनिक परीक्षण, खर्च अनुमोदनक, लागत जनसहभागिता, नीति नियम संशोधन, विद्यालयलाई सशर्त अनुदान रकम निकासा, कार्य सम्पादन अनुदान निकासा, उत्कृष्ट सिकाइ उपलब्धी अनुदान निकासा, रकम भुक्तानी,  तह वृद्धि, न्यायिक समिति गठन सम्बन्ध, उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको सीमा निर्धारण सम्बन्ध, चालुबाट भुक्तानी गर्ने,  जिल्ला समन्वय साजेदारी र संघ र प्रदेशमा योजना सिफारिस लगाएको बारेमा पनि गाउँसभाले पारित गरेको छ । 
 

पूर्ण पाठ हेर्नुहोस्  ।