खाँडादेवी गाउँपालिकाले ल्यायो ८० करोड ८१ लाख १७ हजारको बजेट

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ८० करोड ८१ लाख १७ हजारको बजेट ल्याएको छ । 

 

 

शुक्रबार आज गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ्ले सो बजेट सार्जनिक गरेकी हुन् । 

 

पालिकाको ११ औं गाउँसभामा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछाने, ९ वटै वडाका वडा अध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरुको उपस्थितिमा बजेट सार्वजनिक गरिएको हो । 

 

पालिकाले नीति तथा कार्यक्रमसंग बजेट सार्वजनिक गरेको हो ।