बाँजो जमिनलाई उत्पादनसंग जोड्ने सहित यस्तो महत्वपूर्ण छ सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

| असार ११, २०७९ शनिबार

उपाध्यक्ष गीता बिष्ट ।
A A A
A A A

११ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 


शुक्रबार हिजो पालिकाकी उपाध्यक्ष गीता विष्टले पालिका अध्यक्ष ठूलो कान्छा तामाङ्, प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठ, ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । 

पालिकाले गत वर्षकोकै नारालाई अगाडि सार्दै नीति कार्यक्रम ल्याएको छ । समृद्ध र सुखी सुनापतिः कृषि पर्यटन हाम्रो सम्पती, स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने, जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम, सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम, सिमान्तकृत जातीलाई भत्ता दिने, प्राविधिक शिक्षा संचालन, एक बिद्यालय एक बगैचा, बाजो जमिनलाई उत्पादनसंग जोड्ने लगाएतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख छ।  

पूर्णपाठ हेर्नुहोस्