मन्थली ३ कठजोरः कांग्रेस समिक्षा बैठकमा प्रहार, दुई जना घाइते, रोका प्रहरी नियन्त्रणमा

| असार १२, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

१२ असार, रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं ३ कठजोरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा बैठकमा एक जनाले ‘हातपात’ गरेका छन् । 

 


शनिबार बसेको पार्टीको वडा कमिटीको समिक्षा बैठकमा छलफल चलिरहेका बेला सहभागी एक युवाले पार्टीलाई भोट नहाल्ने, पार्टीलाई हराएको भन्ने विषय उठान् गरेर हातपात गरेका हुन् । रुखमुनी खुल्ला चौरमा बसेको समिक्षा बैठकमा उनले चौरमा भेटेका ढुङ्गा, मुडा,दाउरा सहभागीहरुमा प्रहार गरेको वडा इकाई सभापति कमल केसीले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘अराजक गतिविधि भएको हो । बैठक चलिरहेका बेला, कुनै कारण पनि छैन, अपरझट प्रहार भयो, सिमित ब्यक्तिहरुलाई ईङ्कित गरेर उनले जे–जेभेट्यो त्यसैले प्रहार गरे । घटना भएको हो ।’

 
यसरी हातपात गर्नेमा प्रदिप रोका हुन् । उनी क्षेत्रीय प्रदेश सदस्य हुन् । वडामा कांग्रेसका वडा अध्यक्षका पदका उम्मेद्वार जिल्ला पार्टी प्रवक्ता समेत रहेका नारायण बोगटी निर्वाचनमा पराजित भएका थिए । 

 


यसरी वडामा कांग्रेस पराजित भएपछि समिक्षा गर्न बसेको बैठकमा मादक पदार्थ सेवन गरे आएका ती युवाले सहभागीहरुमा प्रहार गरेको  केसीले बताए । रोकाको प्रहारबाट बैठकमा सहभागी दुई जना सामान्य घाइते भएका छन् । बैठकमा ३० जनाको सहभागिता रहेको सभापति खत्रीले जानकारी गराए । 

 


आफूलाई घटनाबारे जानकारीमा आएको र कार्यव्यस्तताले उक्त बैठकमा आफू भने सहभागी नभएको जिल्ला पार्टी प्रवक्ता एवं वडा अध्यक्ष पदका उम्मेद्वार बोगटीले रामेछाप टाइम्सलाई बताए । 

 

‘हातपात भएको जानकारी पाए, मिटिङ्मा म, कार्यव्यवस्तताले सहभागी भएको थिइन । मादकपदार्थ सेवा गरेर प्रदिप रोकाले हातपात गरेको जानकारीमा आएको छ । उनलाई प्रहरीले नियन्त्रणला लिएको खबर छ । म, प्रहरी कार्यालय गएर थप बुझ्ने तयारीमा छु’ उनले भने । 

 

 

बोगटीले यो घटना खेदजनक भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताए । उनले यस्ता घटनाले पार्टीको राम्रो सन्देश नजाने भन्दै घटना भएको प्रती खेद जनाए । 

 


यता जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) राजकुमार थिइङ्ले पनि बैठकमा हातपात भएको जानकारीमा आएर हातपात गर्ने रोकालाई नियन्त्रणमा लिएको पुष्टि गरे । 

 

‘बैठकमा हातपात भएको रहेछ । एक जनालाई नियन्त्रणमा लिएर हिरासतमा छन् । उनले मादक पदार्थ सेवान गरेको भन्ने छ, अनुसन्धान भैरहेको छ, (डिएसपी) थिङ्ले रामेछाप टाइम्सलाई भने ।