रामेछापमा करदाता सम्बन्धि एक दिने अन्तरक्रियाः दर्ता गरेर मात्रै व्यवसाय गर्न जोड्

| असार १४, २०७९ मंगलबार

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

१४ असार, रामेछाप । करदाता सेवा कार्यालय रामेछापले एक दिने करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर सम्बन्धि सचेतना फैलाउने उद्देश्यले सदरमुकाम मन्थलीमा मंगलबार (आज) सचालित अन्तरक्रियामा विभिन्न व्यापार व्यवसाय संचालन गर्दै आएका उद्योगी व्यवसायिहरुको सहभागितामा रहेको थियो ।

 

प्यान र भ्याट बिलको प्रयोग कस्तो अवस्थामा गर्ने, व्यवसाय संचालन गर्दा कतिको करोबार पुगेपछि प्यान र भ्याटको प्रयोग  गर्ने लगाएत यसको महत्वका विषयमा जानकारी गराउदै कर अधिकृत न्यौपानेले करका बारेमा विविध जानकारी गराएका थिए । 

रामेछाप उद्योग वाणिज्य संघ रामेछापको सहकार्यमा गरिएको उक्त कार्यक्रममा पछिल्लो समय निजी तथा साजेदारी व्यवसाय गर्न क्रम बढेको भन्दै व्यवसाय गर्दा राज्यलाई तिर्नु पर्ने कर अनिवार्य र निमयसंगत तरिकाले तिर्नु पर्नेमा शुसूचीत गरिएको थियो ।

 

व्यवसाय गर्दा अनिर्वाय दर्ता गरेर मात्रै संचालन गर्ने र करको दायरामा रहेर व्यापार व्यवसाय गर्नु पर्नेमा कर अधिकृत न्यौपानेले सुझाए । साथै दर्ता गर्दा राखेको उद्देश्य बमोजिम मात्रै व्यवसाय संचालन गर्न पनि सुझाइएको छ ।

जिल्लामा संचालित अधिकांश व्यवसाहरु एउटा उद्देश्यले दर्ता गर्ने तर, विभिन्न किसिमका सामाग्री खरिद् र बिक्री हुने गरेको उल्लेख गर्दै दर्ता गर्ने बेलामा आफूले गर्न चाहेको व्यवसाय उल्लेख गरेर अनुमती लिएर मात्रै व्यवसाय संचालन गर्नु पर्नेमा सचेत गराइएको थियो । ‘यहाँ कपडा पसल दर्ता हुन्छ । तर, चुरोट, जाँड,रक्सी, चामल बेचिरहेको अवस्था छ । यस्तो गर्न पादैन । अनुमती लिएरमात्रै व्यवापार गर्न पाइन् । यसो नगरेको खण्डमा अनुगमन गर्दा भेटिएमा अनुमती नभएका सामानहरु जफत हुन्छ, प्रशिक्षक एवं कर अधिकृत न्यौपानेले भने ।’

 


यसैबीच व्यवसायिहरुले भने सम्बन्धित निकायहरुले अनुगमनको पाटोलाई फराकिलो बनाउनु पर्नेमा जोड् दिएका थिए । राज्यले पनि करको दरलाई परिस्थिति अनुसार लैजानु पर्ने र बेला–बेलामा अनुगमन गरेर करको दायरामा नरहेका व्यापारीहरुलाई दायरामा ल्याएर नियम अनुसार संचालन गर्न सघाउनु पर्ने माग राखे । दर्ता नगरेर चल्नेले सस्तोमा समान दिने र दर्ता गर्दा करजोडेर दिदाँ केही मंहगो पर्न जाने हुदाँ दर्ता नगरी व्यपास गर्नेको मात्र बढेको उनीहरुको दाबी छ । 

 


ब्यापारीहरुले व्यवसाय संचालन गर्दा कतिपए कुराहरु व्यक्तिले नजान्दा राज्यको कानूनबाट दण्डित हुनु पर्ने अवस्था रहेकाले सम्बन्धित संघसंस्थाले सघाउनु पर्नेमा जोड् दिए । व्यवसायीहरुले अहिले पनि कतिपए कर सम्बन्धि जानकारी नहुँदा जरिवाना तिर्नु पर्नेको गुनासो गरे । 

 


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले स्थानीय सरकारको तर्फबाट जुनसुकै व्यापार व्यवसाय गर्दा पनि राज्यलाई कर तिर्नु दायित्व भएको सुनाउदै त्यो पूरा गर्न आग्रह गरिन् । उनले स्थानीय सरकार पनि करको विषयमा सचेत रहेको उल्लेख गरिन् । उनले करदाता कार्यलय र उद्योग वाणिज्य संघ रामेछापसंग समन्वय गरेर आगामी दिनमा थप नयाँ कार्यक्रम गर्न समन्वय गर्ने प्रतिबद्धता जनाइन् । 

 

कर अधिकृत न्यौपानेले प्रशिक्षण गराएको विवरणहरु