निरन्तरको वर्षाले उमाकुण्डमा बाख्राको खोर बगायो

| असार १५, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

१५ असार, रामेछाप । हिजोदेखि परेको निरन्तरको वर्षाले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बाख्राको गोठ बगाएको छ । 

 

निरन्तरको वर्षातले पालिकाको वडा नं ६ गुप्तेश्वरको खुतुर्की बस्ने लोकबहादुर मगरको ढुङ्गा माटोले बनेको बाख्राको गोठ गएराति बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


गएराति गोठ माथिबाट आएको पहिरोका कारण एक बाख्रो मृत अवस्थामा भेटिएको र ९ वटा बाख्रा हरुको जिवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले त्यहाँ स्थित प्रहरीलाई उद्धत गर्दै जानकारी दिए । 

 


घटनामा गोठ बगाएपनि मानवीय क्षेती नभएको ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए।

 

उनका अनुसार हालसम्म निरन्तर वर्षाले भैरहे पनि ठूलो असर पुर्याएको छैन् । हाल जिल्लाका सबै सडकहरु सूचारु अवस्थामा रहेको ढकालले बताए । ‘जिल्लाको जनजीवन सामान्य छ । हामी तयारी अवस्थामा छौं । सबैसंग समन्वय भैरहेको छ । सबै सडकहरु सुचारू अवस्थामा छन् ढकालले भने ।