रामेछापमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (भिडिओ/फोटोसहित)

| असार १५, २०७९ बुधबार

A A A
A A A

१५ असार,  रामेछाप । १९ औं राष्ट्रिय धान दिवस आज बुधबार देशव्यापी रुपमा हर्शउल्लासका साथ मनाइएको छ । विभिन्न निजी तथा सरकारी संघसंस्थाहरुको आयोजनामा धान रोपाई गरेर भब्यताका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । 

 

यसै सन्दर्भमा कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा पकरबासको माडीमुहानमा धान रोपाई गरेर भव्यताका साथ मनाइएको हो । ‘‘धान बालिमा जैबिक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’’ भन्ने मूल राष्ट्रिय नाराका साथ प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना, परियोजना कार्यान्वयन इकाइको सहयोगमा संयुक्त रुपमा दिवस मनाइएको हो । 

 


असार १५ को दही चिउरा खाने परम्परालाई निरन्तर्ता दिदै दही चिउराको साथ मनाईएको उक्त धान रोपाइमा जिल्ला समन्वय समिति रामेछापका (जि.स.स) उपप्रमुख प्रेमबहादुर थापा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछाने, कृषि ज्ञान केन्द्र रामेछापका निमित प्रमुख विवेकानन्द महत, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख तथा प्रतिनिधिसहित जिल्लाका सबै सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिको सहिरको उपस्थिति रहेको थियो । 

 

जिल्लाकै प्रमुख धान उत्पादनमा टेवा पुर्याउदै आएको माडीमुहानमा आयोजित धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञान केन्द्र रामेछापका निमित प्रमुख एवं कृषि प्राविधिक विवेकानन्द महतले माटोको प्राङगारिक पदार्थ बढाउन प्राङगारिक मल प्रयोग गर्ने, खैरा रोग लाग्न नदिन जिन्कको प्रयोग गर्ने, आलिमा भटमास लगाउनु पुर्वूक राइजोबियम इनोकुलेसन छर्ने र नाइट्रोजनको पूर्तीका लागि एजोलाको प्रयोग गर्नु पर्नेमा सुझाए ।  महतले यस्ता विधि प्रयोग गरेर समेत देखाएका थिए । 

 


प्राविधिक महतले गत वर्षको बेमौसमी वर्षाले क्षती भएका लगायतका सम्भावित क्षतिबाट किसानलाई बचाउन धान बाली बीमा गर्नु पर्नेमा सुझाव दिए । उनले गत वर्ष सय रोपनी भन्दा बढी क्षेत्रफलमा मरुवा रोगको प्रकोप भएको भन्दै न्यूनीकरण गर्न जैविक विषादीको प्रयोग गर्नु पर्नेमा जोड् दिए । साथै ज्ञान केन्द्रले त्यस्ता समस्या देखिएमा निराकरणको लागि भूमिका खेल्ने समेत प्रतिबद्धता जनाए । 

 

त्यस्तै (जिसस) उपप्रमुख प्रेमबहादुर थापाले कृषि क्षेत्रको विकासको लागि तीनै तहका सरकारसंग समन्वय गर्न समन्वय समिति सदै तयार रहेको प्रतिबद्धता जनाए । उनले कृषि क्षेत्रमा खाँडादेवी गाउँपालिका प्रमुख स्थानमा रहेको भन्दै यो पालिकाले जिल्लाको खाद्ययन उत्पादनमा टेवा पुर्याउन सक्ने प्रमुख केन्द्रको रुपमा विकास गर्न सक्नु पर्नेमा जोड् दिए । उनले किसानको पक्षमा  आफूसधै सकारात्म रहेको भन्दै स्थानीय तहले बनाउदै गरेका बजेटमा कृषि क्षेत्र प्राथामिकतामा पर्नु पर्नेमा जोड् दिए । 

 

त्यस्तै सोही पालिकाका अध्यक्ष श्रेष्ठले असार १५ को छुटै महत्व रहेको उल्लेख गरे । पालिका अध्यक्ष श्रेष्ठले पालिकालाई १२ महिना हरियाली बनाउन खेर गहिरहेका नदीहरुलाई प्रयोगमा ल्याउन सक्नु पर्ने योजना सुनाए । 

 

उनले भटौली खोलाको पानीलाई पालिका भित्रका सुख्खा ठाउँमा पुर्याएर नगदे तथा मौसमी बाली लगाउन सक्नु पर्नेमा जोड् दिए । श्रेष्ठले कृषि उत्पादन बढाउनु आजको प्रमुख आवश्यकता रहेको भन्दै यसलाई बढाउन सिंचाई, प्राविधिक र आधुनिकिकरण हुनु पर्नेमा जोड् दिए । उनले पालिकाले पहिलो प्राथामिकता कृषि क्षेत्रलाई दिएको र दोश्रोमा शिक्षा परेको उनले जानकारी गराए । 

 


पालिका अध्यक्ष श्रेष्ठले पालिकाको वडा नं ४ पकरवासका वडा अध्यक्षले निर्वाचित भएर आएको छोटो समयमै सुख्खा रहेका ठाउँमा सिंचित बनाउने काम गरेको भन्दै अध्यक्षको प्रशंसा गरेका थिए । 
 

तस्विरहरु हेर्नुहोस्