मन्थलीमा संचालित दालमोट फ्याट्रिमा आगोलागी

| असार १५, २०७९ बुधबार

A A A
A A A

१५ असार, रामेछाप । रामेछापको मन्थलीमा दाल्मोट फ्याक्ट्रिमा आगोलागी भएको छ । फ्याक्ट्रिमा भएको आगोलागीमा करिब साँढे २ लाख बराबरको क्षेती भएको संचालक दीलिप श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार गएराति मन्थली नगरपालिका वडा नं २ करम्बोटमा संचालित फ्याक्ट्रिमा निर्यातको लागि तयारीमा राखिएको दाल्मोट तातेर आगो लाग्दा गोदाममा आगोलागी भएको हो । आगो सल्किदा तयारी सबै दाल्मोट नष्ट भएको श्रेष्ठले बताए । 

 

 

करिब ४ महिना अगाडि १७ लाखको लगानीमा संचालित उक्त दाल्मोट फ्याक्ट्रिमा लागेको आगो स्थानीयहरुको सहयोगमा केही समयपछि नियन्त्रणमा आएको थियो । भित्र-भित्रै आगो लागेकाले थप क्षेती हुनबाट जोगिएको थियो । 

 

 

मंलगबार राति आगोलागेपछि पीडित बनेका संचालक श्रेष्ठलको घटना स्थलमा बुधबार मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठसहितको टोलीले स्थल गत निरिक्षण गरेको छ । निरिक्षण पछि प्रमुख श्रेष्ठले उद्योग संचालनको लागि नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।