यसरी सडकमा निकालियो उपसभाति गुरुङ् सवार गाडी (फोटोफिचर)

१६ असार, रामेछाप । ठूलो दुर्घटनामा हुनबाट जोगिएका कांग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङ सवार गाडीको उद्दार गरिएको छ ।
बिहिबार बिहान रामेछापबाट ओखलढुङ्गा तर्फ जाने क्रममा रामेछाप नगरपालिकाको वडा नं १ गोगनेमा सडकबाट चिप्लिएर सडक किनारामा पुगेको थियो ।
ओखलढुङ्गाको खिजिदेम्वा गाउँपालिका खिजी फलाटेमा कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारको घरबाट रामेछाप मन्थली तर्फ आउदै गर्दा उपसभापति गुरुङ्सहित कांग्रेसका नेताहरु सवार बा १९ च १८३९ नम्बरको स्कर्पिययो गाडी चिप्लिएर सडक किनारामा पुगेको थियो ।
सो गाडीको जेसिबी र ट्याक्टरको सहायताले उद्दार गरि सडकमा निकालिएको कांग्रेस नेता रत्नबहादुर कार्कीले जानकारी दिए ।
चिप्लिएर सडक किनारामा पुगेको स्कर्पियोमा सवार सबै सुरक्षित छन् ।
तस्विरहरु हेर्नुहोस्