गोकुलगंगा गाउँपालिकाले ७० प्रतिशत अनुदानमा ५७ जना किसानलाई दियो हाते ट्याक्टर

| असार १७, २०७९ शुक्रबार

A A A
A A A

१७ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाकाले अनुदानमा कृषि सामाग्री प्रदान गरेको छ । 

 

शुक्रबार पालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले चालु आर्थिक वर्ष ०७८÷७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत ७० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर एवं मिनीटिलर किसानलाई हस्तान्तरण गरेका हुन् । 

 

कृषि उत्पादकत्व वृद्धिको लागि आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले पालिकामा खेती गर्दै आएका स्थानीयहरुलाई उनीहरुको ३० प्रतिशत लागत साझेदारीमा मिनीटिलर हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद सुबेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार पहिले पालिका भित्रका किसानहरुको मागलाई बुझेर हाल सम्म कुनै पनि संघसंस्थाबाट यस्ता कृषि यन्त्रउपकरण नपाएका ५९ जनालाई एक एक वटा मिनीटिलर वितरण गरिएको हो । ‘कृषि उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्ने योजना रहेकाहरुलाई यो सामाग्री वितरण गरिएको हो प्रमुख प्रशासकिय अधिकृत सुबेदीले भने ।’