गुम्देलमा पहिरोले बाख्राको खोर बगायो, २ वटा बाख्रा मरे, २ घाइते

| असार १८, २०७९ शनिबार

सांकेतिक तस्विर ।
A A A
A A A

१८ असार, रामेछाप । निरन्तरको वर्षाले जिल्लाको उमाकुण्ड गाउँपालिकामा ठूलो क्षेती पुर्याएको छ ।

 

अबिरल वर्षाका कारण त्यहाँको केही बस्ती जोखिममा परेका छन् भने सयौं रोपनी खेतीयोग्य जनिम पहिरोले पुरेको छ । 

 

जसअनुसार पालिकाको वडा नं १ गुम्देलमा एउटा बाख्राको खोर पहिरोले पुरेको छ भने दुई वटा बाख्रा पनि पहिरोमा परी परेको छ । 

 

 

वडा नं १ गुम्देलको बालदिङका रमेश भुजेलको घर देखी ३०÷४० मिटर रहेको बाख्रा गोठमा माथिबाट पहिरो आएर गोठ बगाउदा गोठमा रहेका ४ वटा बाख्रा मध्ये २ वटा मरेका हुन् । २ वटा घाइते भएका छन् । घर नजिकैको बाख्राको खोर पहिरोले बगाएपछि घर पनि पहिरोको जोखिममा परेको छ।

 

घटना स्थालमा प्रहरीसहितको टोलीले निरिक्षण गरि मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।