बाम्तीभण्डारमा पहिरोले तीन वटा गाईसहित गोठ बगायो

| असार १८, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१८ असार, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारको गोरुण्डामा पहिरोले गाईसहित गोठ बगाएको छ ।

 

स्थानीय छत्रबहादुर बस्नेतको तीन वटा गाई माथिबाट आएको पहिरोले पुरेको हो भने गोठ बगाएको छ ।

 

 

गोठमा माथिबाट पहिरो खसेर गोठ बगाउदा गोठमा बाधेको ३ वटा गाई पुरेको खबर प्राप्त हुना साथ प्रहरी सहायक निरिक्षकको कमाण्डमा २ जनाको टोली खटिर घटना स्थलको मुचूल्का गरिएको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

बस्नेतको गोठ बगाएको र तीन वटा गाई पुरिएकाले ५० हजार बराबरेको क्षेती भएको ढकालले जानकारी दिए ।