भुजीमा एउटा टोलनै पहिरोको उच्च जोखिममाः एक सय रोपनी बढि खेतबारी पहिरोले पुर्यो

| असार १८, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१८ असार, रामेछाप । निरन्तरको वर्षाले जिल्लाको उमाकुण्ड गाउँपालिकामा ठूलो क्षेती पुर्याएको छ । अबिरल वर्षाका कारण त्यहाँको केही बस्ती पहिरोको उच्च जोखिममा परेका छन् भने सयौं रोपनी खेतीयोग्य जनिम पहिरोले पुरेको छ । 

 


शुक्रबार राति परेको अबिरल वर्षाले उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीको फस्टु दलित टोल बस्नेत रले दमाइको घर आगनबाट पहिरो गएको र पहिरोले घर पूर्ण रुपमा जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिए । 

 

उनका अनुसार दमाईको घरमा बस्न नमिल्लने अवस्थामा पुगेको छ । उनी अहिले आफन्तकोमा बस्न थालेका छन् । पहिरोले त्यहाँ दमाईको घर मुनी रहेको चार वटा बिजुलीको पोल समेत ढालेको छ । 

 

त्यस्तै सोही वडाको सिस्ने बस्ने पदम बहादुर नेवार,रन बहादुर नेवारको ४ रोपनी खेतबारी पहिरोले पुरेको छ । सोही ठाँउमा टेकराज नेवार,गोपाल नेवार,राम बहादुर बि.क, गंगाबहादुर बराइली, र चक्र बहादुर श्रेष्ठको पहिरोको उच्च जोखिममा रहेका छन् । 

 

त्यस्तै पहिरोले अन्दाजी एक सय रोपनी खेतबारी पुरेको ढकालले बताए । सो खेत कसको हो भन्ने नखुलेको उनले बताए ।