सुकाजोर स्वास्थ्य चौकीले पायो एम्बुलेन्स्

| असार २०, २०७९ सोमबार

A A A
A A A

२० असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरलाई एम्बुलेन्स प्राप्त भएको छ ।

 

 

शनिबार निकै लामो समयको मेहनतले वडा स्थित स्वास्थ्य चौकीको लागि एम्बुलेन्स पाएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए । 

 


उनका अनुसार  स्वास्थ्य चौकीको नाममा मित्र राष्ट्र भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको हो । तत्कालिन नगरपालिका प्रमुख नरबहादुर थापामगर र उपप्रमुख सिर्जना खड्का,सहितको टिमले गरेको पहल स्वरुप एम्बुलेन्स पाएको कार्कीले बताएका हुन् ।  

 


 स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा समस्या खेप्दै आएका स्थानीयहरुले अब देखि त्यो समस्या झेल्नु नपर्ने भएको हो ।